Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारबाट झण्डै साढे ७ अर्ब पूँजीगत लाभकर संकलन

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा सेयर बजारबाट झण्डै साढे ७ अर्ब पूँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार तीन महिनामा ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

सीडीएससीका अनुसार साउन महिनामा सबैभन्दा धेरै पूँजीगत लाभकर संकलन भएको छ । साउनमा ४  र्ब २३ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

त्यस्तै, भदौ महिनामा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ भने असोज महिनामा ५८ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ ।

भदौ महिनाको तुलनामामा असोजको पूँजीगत लाभकर ७७ प्रतिशतले कम हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK