×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको नाफा सामान्य घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब माथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकको नाफा सामान्य घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब माथि

Artha Sarokar

७ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरणअनुसार बैंकको खुद नाफा सामान्य घटेको छ ।

यस अवधिमा बैंकको खुद नाफा ७.१९ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले कुल ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भने कुल ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

तर, यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्बभन्दा माथि रहेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ २७ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २७.६२ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको गैर सञ्चालन खर्च १ करोडबाट बढेर २८ करोड पुगेको छ । यही कारण बैंकको खुद नाफामा दबाब परेको हो ।

त्यस्तै, यसअवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा बैंकको ईपीएस १ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ३२ पैसा कायम भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.३३ गुणा रहेको छ । ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ८.९० प्रतिशत बढेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी