×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको नाफा ७९१.४३ प्रतिशतले बढ्यो, ईपीएस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको नाफा ७९१.४३ प्रतिशतले बढ्यो, ईपीएस कति ?

Artha Sarokar

७ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७९१.४३ प्रतिशतले बढी हो ।

गत वर्ष बैंकले ४ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी बढेर २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको यस्तो आम्दानी १ अर्ब ९६ करोड ९८ लाख थियो । त्यस्तै, बैंकको सञ्चालन नाफा पनि ५७६.३३ प्रतिशतले बढेको छ ।

यता, बैंकको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ४३ करोडबाट घटेर १ अर्ब ५० लाख कायम भएको छ । जसले गर्दा नाफा बढेको हो ।

सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७२ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी