Skip to content
LAXMI SUNRISE BANK

चुच्चे नक्सासहितको नयाँ नोट छाप्दै नेपाल राष्ट्र बैंक 

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सासहितको नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा राखेर नयाँ नोट छाप्ने भएको हो । 

राष्ट्र बैंकले पहिलो चरणमा एक सय रुपैयाँ दरका ३० करोड नोट छाप्ने भएको छ । नोटको डिजाइन, छपाई र डेलिभरीसहितको टेण्डर चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पोरेसनले पाएको छ । 

कम्पनीले कुल ८९ लाख ९६ हजार पाँच सय ९२ डलर (२० करोड रुपैयाँ)मा ठेक्का पाएको हो । जसअनुसार प्रति नोट लागत चार रुपैयाँ दुई पैसा पर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK