×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धरानको बीपी प्रतिष्ठानका २ चिकित्सकसहित १२ जनामा कोरोना भेटियो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धरानको बीपी प्रतिष्ठानका २ चिकित्सकसहित १२ जनामा कोरोना भेटियो

Artha Sarokar

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धरान
  • अर्थ सरोकार सम्बाददाता 
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको २ चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा बीपी प्रतिष्ठानका दुई डाक्टर, एक स्टाफ नर्स, एक हेल्पर एक प्लम्बर रहेका छन् भने धरान उपमहानगरपालिकाका ३ जना रहेका छन्। 
संक्रमितमध्ये एक डाक्टर र हेल्पर कोडिभ अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । यस्तै, बीपी प्रतिष्ठानको सर्जरी वार्डमा रहेका बिरामीको कन्ट्रयाक ट्रेसिङ गर्दा ३६ वर्षीय पुरुष र ४६, २३ वर्षीया दुई महिलामा कोरोना पुष्टि भएको हो ।
धरान १९ की २१ वर्षीया एक महिलामा पनि कोरानो पुष्टि भएको छ । धरान १६ का ७८ वर्षय र ७० वर्षीय वृद्ध दम्पत्तिमा पनि संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए । धरान १५ की ५४ वर्षीया महिलाको पनि रिपोर्ट पोजिटिभ आएको उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी