×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा २ करोड ७७ लाख बढीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विश्वमा २ करोड ७७ लाख बढीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या कति पुग्यो ?

Artha Sarokar

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा  कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ७७ लाख ४३ हजार ५१२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ५१ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख १ हजार ९३४ पुगेको छ । हालसम्म १ करोड ९८ लाख ३४ हजार १८६ जना निको भएर घर फर्किएका छन् । नेपालमा भने अहिलेसम्म ४८ हजार १३८ जना संक्रमति फेला पर्दा ३२ हजार ९६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३०६ जनाको भने मृत्यु भएको छ ।
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६५ लाख १४ हजार २३१ पुगेको छ । यहाँ हालसम्म १ लाख ९४ हजार ३२ हजार जनाको निधन भएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा १ लाख नयाँ संक्रमित थप भएका छन् । योसँगै भारतमा हालसम्म ४३ लाख ७० हजार १२८ संक्रमित हुँदा ७३ हजार ९२३ जनाको ज्यान गएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी