Skip to content
LAXMI SUNRISE BANK

चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको हो । चितवनकै माडी नगरपालिकाका १८ महिने बालक र २७ वर्षीय युवकमा पनि कोरोना संक्रमण चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
कोरोना पोजेटिभ देखिनेहरू १८ महिने बालकदेखि ५४ बर्ष सम्मका छन्। भरतपुरमा पुष्टि भएकाहरूको नमुना भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेज तथा माडीमा क्वारेन्टिनबाट संकलन गरिएको थियो। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलकाअनुसार मंगलबार राति १२ बजेसम्म २५७ वटा नमुना परीक्षण गरिएकोमा सिन्धुपाल्चोकका एक जनासहित १२ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK