Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी विकास बैंकले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ  । बैंकले सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेकोे सेयर बिक्री गर्न लागेको हो । बैंकले संस्थापक सेयरको मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK