काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
प्रसाईंलाई सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको हो । उनीमाथि प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुविरुद्ध भ्रामक प्रचार आरोप छ ।