Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंलाई स्वास्थ्य जाँचका लागि वीर अस्पताल लगियो

अर्थ सरोकार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याइएको छ । भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई स्वास्थ्य जाँचका लागि वीर अस्पताल लगिएको हो ।

प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार बिहान भक्तपुरस्थित उनको आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

उनले प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको आरोप लगाएका थिए । उनीमाथि सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK