×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ९.०९ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार ९.०९ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

५ मंसिर २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५  बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार ५ सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको ३२ करोड ८१ लाख ९० हजार २ सय ५९ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबारको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकसहित पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, गुराँस लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी