काठमाडौँ । काठमाडौँमा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । बुधबार काठमाडौँको माइती घरमा प्रदर्शन गरिरहेका सहकारी पीडित र प्रहरीबीच झडप भएको हो ।
पीडितहरु नाराबाजी गर्दै बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यहीबीच भीड नियन्त्रण गर्न प्रहरीले पनि बल प्रयोग गरेको थियो । प्रहरी र पीडितको झडपमा केही प्रदर्शनकारी बेहोस भएका छन् भने केहीको टाउको समेत फुटेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः