काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया केहि दिनमै अघि बढाउने भएको छ । बोर्डमा आजमात्रै सन्तोष नारायण श्रेष्ठ अध्यक्ष नियुक्त भएका छन् ।
नयाँ स्टक एक्सचेन्ज कसलाई दिने भन्ने तय यसअघि नै भईसकेको चर्चा छ । सोको लागि प्रक्रिया अगाडी बढ्न लागेको र सो प्रक्रिया औपचारिकताका लागि मात्र भएको स्वयम् अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।
मन्त्रालयका अधिकारीहरुका अनुसार अव केही दिनमै नयाँ स्टकको लाइसेन्स सम्बन्धी प्रक्रिया खुला गर्ने पत्र अर्थ मन्त्रालयले सेबोनमा पठाउनेछ र प्रक्रिया सुरु हुनेछ ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डले गत वैशाखमा नयाँ स्टकको लाइसेन्स सम्बन्धी प्रक्रिया रोक्ने निर्णय मन्त्रिपरिषद्ले यस अघि नै उल्टाईसकेको छ ।
स्रोतका अनुसार जसको जोडबलमा अध्यक्ष नियुक्तिका लागि सरकारलाई प्रेसर पुगेको थियो, सोहि व्यापारिक घरानाले स्टक एक्सचेन्जको लाइसेन्स पाउनेछ । ‘जसको अध्यक्ष, उसकै स्टक एक्सचेन्ज हो । बाँकी कुरा केहि समयभित्रै देखिहालिन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्