×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञा थपिए पनि मालपोत कार्यालयहरु खुलाउने तयारी हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निषेधाज्ञा थपिए पनि मालपोत कार्यालयहरु खुलाउने तयारी हुँदै

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । निषेधाज्ञा थप भए पनि मालपोत कार्यालयहरु भने खुल्ला हुने भएको छ । लामो समय मालपोत कार्यालयहरु बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेको भन्दै भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले यस्तो तयारी गरेको हो ।

२४ गते पछाडि निषेधाज्ञा थप भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने गरी कसरी खोल्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ  । काठमाडौं उपत्यकामा २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यका बाहेकका जिल्लाहरुमा सम्बन्धित स्थानीय प्रशासनले भने अनुसार नै मालपोत कार्यालयहरुले सेवा दिने छन्  । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी