×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्कृष्ट भएर होइन, अप्लाई गर्ने नै अरु नभएपछि सिटिजन्सले पाएको रहेछ ‘बैंक अफ दी एयर’ अवार्ड !

LAXMI SUNSIRE
GLOBAL IME BANK

उत्कृष्ट भएर होइन, अप्लाई गर्ने नै अरु नभएपछि सिटिजन्सले पाएको रहेछ ‘बैंक अफ दी एयर’ अवार्ड !

Artha Sarokar

२३ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बेलायती आर्थिक पत्रिका ‘दी बैंकर’ले विभिन्न देशका बैंकलाई बाँड्ने अवार्ड बैंक अफ दी एयर अवार्ड यसपटक सिटिजन्स बैंकले पाएको छ । नेपालको हकमा यसपटक कमजोर बैंकले यो अवार्ड प्राप्त गरेको हो ।

सिटिजन्स बैंकले आजसम्म यो अवार्ड पाएको थिएन । तर, सुशासनको कुरामा सबैभन्दा बढी विवादमा परेकै बर्ष २०२४ मा बैंकले यो अवार्ड प्राप्त गरेको हो । सिटिजन्सजस्तो कमजोर बैंकले यस्तो अवार्ड पाएपछि बैंकले आवेदन दिँदा बुझाएको कागजात नै असली थियो कि किर्ते भन्ने प्रश्न उठेको छ ।

सिटिजन्स जस्तो कमजोर बैंकले ‘बैंक अफ दी एयर’ अवार्ड पाएपछि बैंकिङ क्षेत्रका सबैजना छक्क परेका छन् । सिटिजन्स भन्दा तुलनात्मक रुपमा र पर्फमेन्सका आधारमा अन्य राम्रा बैंक हुँदाहुँदै सिटिजन्सले यो अवार्ड कसरी पायो ? भन्ने प्रश्न पनि उठेको थियो । तर, बैंक अफ दी एयरको अवार्डका लागि अरु बैंकले अप्लाई नगरेपछि एक्लो दाबेदार सिटिजन्सले सो अवार्ड पाएको पाइएको छ ।

यसो त यो अवार्ड पाउन अहिलेका बैंकहरुमध्ये सिटिजन्स मात्र बाँकी थियो ।

यसअघि आइक्यानले बाँड्ने बिपिए अवार्डमा पनि सिटिजन्स बैंकले सेयरधनीलाई बुझाएको बार्षिक विवरण नभई छुट्टै बनावटी विवरण पठाएको पत्ता लागेपछि आइक्यानले सो अवार्डको मापदण्ड नै परिवर्तन गरेको थियो । सिटिजन्सको यस्तो हर्कत पत्ता लागेपछि आइक्यानले सेयरधनीलाई दिने बार्षिक वित्तीय विवरण र अवार्डका लागि दिने कागजात उही हुनुपर्ने नियम ल्याएको थियो । त्यसपछि सिटिजन्सले सो अवार्ड प्राप्त गरेको छैन ।

यसपाली कर्णाली डेभलपमेन्ट बैंकले यो अवार्डका लागि पहल गर्ने विषयमा आन्तरिक छलफल गरेको थियो । तर, सो अवार्डमा बाणिज्य बैंकहरुमात्र सहभागी हुन पाउने थाहा पाएपछि कर्णाली पछि हटेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी