×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL

बिराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । बिराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचाररत बिराटनगर महानगरपालिका– १० का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो । उच्च रक्तचापबाट पनि पीडित वृद्धको अवस्था गम्भिर बनेपछि शनिबार राति कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि गम्भिर अवस्थामा अस्पताल ल्याइएका वृद्धलाई भेण्टिलेटरमा राखिएको थियो ।
भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सोमबार बिहान साढे ३ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी