काठमाडौँ । गत निर्वाचनदेखि मेयर जितेर आएका बालेन शाह आएदेखि फुटपात पसलहरू हटाउने गरिएको थियो । महानगर प्रहरीले लखेटीलखेटी व्यापारीहरूलाई धपाउने/समाउने तथा सामान जफत गर्ने गर्दै आएको थियो ।
यही कारण पछिल्लो समय काठमाडौँका फुटपाथमा यस्ता व्यापार बिरलै देखिन्छ । तर, रातीको समयमा २ घण्टाको लागि (७ः३० देखि ९ बजेसम्म) गर्नलाई महानगरपालिकाले नै छुट दिएको छ । यही कारण रातीको समयमा सुनधारा क्षेत्रमा फुटपाठ व्यवसायमा चहलपहल बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः