×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रूरू जलविद्युतको ८ लाख १५ हजार ४ सय ११ कित्ता आइपिओ आउँदै, कति पायो रेटिङ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रूरू जलविद्युतको ८ लाख १५ हजार ४ सय ११ कित्ता आइपिओ आउँदै, कति पायो रेटिङ ?

Artha Sarokar

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रूरू जलविद्युत परियाेजना कम्पनीले ८ लाख १५ हजार ४ सय ११ कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपिओलाई औसत राम्रो आधार जनाउने ‘इक्रा एनपी ग्रेड ३ ’ रेटिङ दिएको छ ।
कम्पनीले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । कम्पनीके उक्त आइपिओ जारी गर्न असार २५ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनुमति मागेकाे हाे । 
त्यसैगरी, कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी