Skip to content
LAXMI SUNRISE BANK

रविलाई ६५ लाख धरौटीमा छोड्न अदालतको आदेश

अर्थ सरोकार

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको छ । बिहीबार कास्की जिल्ला अदालतले रविलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छोड्न आदेश दिएको हो ।

योसँगै अब अदालतले तोकेको धरौटी तिरेर रवि लामिछाने थुनामुक्त हुनेछन् भने उनले तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK