×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रुपन्देहीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

Artha Sarokar

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रुपन्देही । रुपन्देहीमा शुक्रबार थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सिद्धार्थ नगरपालिका ८ का ४५ वर्षीय पुरुषको होम आइसोलेशनमा र सिद्धार्थ नगरपालिका ७ का ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । 
ती महिलाको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो ।  यसअघि बिहान कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका लागि भर्ना भएका बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय वृद्धको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी