
- अर्थ सरोकार सम्बाददाता
गुल्मी । करदाता सेवा कार्यालय गुल्मीले एक महिनाको अवधिमा ३ करोड बढी राजस्व संकलन गरेको छ । गुल्मीको सदरमुकाम तम्घासको करदाता सेवा कार्यालयले ३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको हो । करदाता सेवा कार्यालय गुल्मीमा एक महिनाको अवधिमा १ सय ५० वटा व्यवसाय आयकरमा र ३० वटा भ्याटमा दर्ता भएका छन् ।
७ सय व्यवसायको अन्तर मूल्य नवीकरण भएको कार्यालय प्रमुख विनोदकुमार माझीले बताए । व्यक्तिगत प्यान नम्बर ३ सय ५० जनाले लिएका छन् । एक महिनाको अवधिमा ३ सय जनाले कर चुक्ता गरेका छन् । यो कार्यालयबाट कर संकलन, खाता प्रमाणित, मूल्य अभिवृद्धि करमा दर्ता, कारोबार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा दिँदै आएको छ । करसम्बन्धी काम गुल्मीमा हुन थालेसँगै यहाँका व्यवसायीलाई पाल्पा र बुटवल जानपर्ने बाध्यताको अन्त्य भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्