
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । आजदेखि लागू हुने होम डेलिभरी सेवा दिउँसो एक बजेदेखि बेलुका सात बजेसम्म मात्रै गर्न पाइने छ । सेवा सञ्चालन गर्ने संस्था दर्ता भइ नवीकरण भएको हुनुपर्ने र त्यसको प्रतिलिपि सेवा दिन जाने व्यक्तिसँगै रहेको हुनुपर्ने स्वीकृत मापदण्डमा उल्लेख गरिएको छ ।
वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ । सरकारले तोकेको स्वास्थ्य, सुरक्षा मापदण्डको पूर्णपालना भएको हुनुपर्ने छ । सेवाग्राहीसँग कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने जनाइएको छ । साथै सेवा लिने व्यक्तिको नाम, ठेगाना र फोन नम्बर अनिवार्य लिनुपर्नेछ । विषयमा स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने र मापदण्ड विपरीत भए कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । यो मापदण्ड काठमाण्डौ उपत्यकाको तीनै जिल्लामा लागू हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्