×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनुषामा मृत भेटिएका भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धनुषामा मृत भेटिएका भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टी

Artha Sarokar

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । धनुषामा मृत भेटिएका भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टी भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेसन प्रालिमा कार्यरत भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टी भएको हो ।
भारतको आन्ध्र प्रदेशका ६५ वर्षीय पुरुष १८ गते बिहान मृत फेला परेका थिए । उनलाई तीन दिन अगाडिबाट ज्वरो र झाडापखाला लागिरहँदा स्थानीयस्तरमै उपचार गराइएको थियो । उनको मृत्युपछि १८ गते बिहानै कोरोना आशंका गर्दै स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरधाम पठाइएको थियो । १८ गते राति नै उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी