- अर्थ सरोकार सम्बाददाता
कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले पत्रकार तथा सञ्चारकर्मीहरुको कोरोना बीमा गरेको छ । कोरोनाको त्राससंगै पत्रकार तथा सञ्चारकर्मीहरु जोखिम मोल्दै समाचार संकलन गर्नु पर्ने बाध्यातालाई ध्यानमा राखेर बीमा गरिदिएको हो ।
गत साउन ५ गते कोरोन बीमाका लागि पत्रकारहरुलाई आह्वान गरे अनुसार नागकिरताको फोटोकपी प्राप्त भएका बाराका पत्रकार तथा सञ्चारकर्मीहरुको बीमा गरिएको नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिए । कोरोना बीमा कोरोना संक्रमित भएको खण्डमा एकलाख रुपैयाँ पाउने गरी व्यवस्था मिलाइएको पनि अध्यक्ष उपाध्यायले जानकारी दिए ।