×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार गण्डकी प्रदेशमा थपिए ४० सङ्क्रमित, संक्रमितको संख्या दुई हजार ३५२ पुग्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शुक्रबार गण्डकी प्रदेशमा थपिए ४० सङ्क्रमित, संक्रमितको संख्या दुई हजार ३५२ पुग्यो !

Artha Sarokar

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा आज थप ४० जनामा कोरोना पुष्टी भएको छ । योसंगै गण्डकीमा सङ्क्रमितको संख्या  दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका हुन् ।
पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक/एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी