×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धरानको बीपी प्रतिष्ठानमा थप २ संक्रमितको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धरानको बीपी प्रतिष्ठानमा थप २ संक्रमितको मृत्यु

Artha Sarokar

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर
  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको बिहीबार दिउँसो मृत्यु भएको हो ।
सप्तरीको राजविराज नगरपालिका– ७ का ५० र ५५ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ५५ वर्षीय पुरुष ७ भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए । उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले प्रतिष्ठानमा रेफर गरेको थियो ।
५० वर्षीय पुरुषलाई बिहीबार दिउँसो ल्याइएको थियो । बिहीबार दिउँसो १ः २० मा भर्ना भएका ५० वर्षीय पुरुषको २ बजे मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । ‘समन्वय नगरी आउनु भएको थियो’ उनले भने ‘अवस्था गम्भीर थियो ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी