×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी बिकास बैंकमा भ्याकेन्सी छ, जागिर छैन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी बिकास बैंकमा भ्याकेन्सी छ, जागिर छैन !

Artha Sarokar

१३ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी बिकास बैंकले खुलाएको जागिरमा मान्छे नै नराख्ने र राखे पनि अधिकांश मान्छे पावर र ज्याकका भरमा आएकाहरुलाई राख्ने गरेको खुलासा भएको छ । बैंकले पछिल्लो समय सार्वजनिक गरेका भ्याकेन्सीमा भएको कर्मचारी भर्तिको तथ्यांकले यस्तो तथ्यको उजागर गरेको हो ।
बैंकले पछिल्लो समय निकै पटक भ्याकेन्सी निकालेको छ । तर भ्याकेन्सी निकालेर लिखित र मौखिक परिक्षा लिए पनि सो अनुसार कर्मचारी भर्ना भने नगरेको पाइएको छ ।  अर्थ सरोकार डटकमलाई बैंककै एक उच्च तहका कर्मचारीले दिएको जानकारी अनुसार पछिल्ला भ्याकेन्सीहरुलाई हेर्ने हो भने धेरै भ्याकेन्सीउपर काम भएको छ, लिखित परिक्षा र अन्तर्वार्ता पनि भएको छ । तर त्यसको नतिजा सरवाजनिक गर्ने काम भएको छैन ।  अझ बैंककै कतिपय सिनियर भनिएका कर्मचारीहरुले नै आफ्नो बैंकमा पावर नभई जागिर नहुने र अन्तर्वार्ता लिएकाहरुकोसमेत नतिजा नआएको पुष्टी गरेका छन् ।
बैंककै कर्मचारीले दिएको जानकारी अनुसार राष्ट्र बैंकका कर्मचारीको सिफारिसमा परेका केहिलाई बाहेक बैंकले भर्ती गरेको छैन । पछिल्ला भ्याकेन्सीहरु हेर्ने हो भने बैंकले एक महिनामै दुई पटकसम्म पनि भ्याकेन्सीको सूचना सार्वजनिक गरेको छ ।
बैंककै कर्मचारीले दिएको जानकारी अनुसार नेपाल राष्ट्र बैंकपछि महालक्ष्मीमा सबैभन्दा बढी पावर राजनीतिक नेताहरुको लाग्छ । त्यसपछि प्रहरीका हाकिमको लाग्छ । बैंकले केहि समय अगाडी बैंकिङ घोटालामा मुछिएका एक पुडासैनी थरका सिनियर कर्मचारीलाई पक्राउ गर्नुपर्नेमा नगरेर सहयोग गरेका प्रहरीका हाकिमको पावरमा पछिल्लो पटक केहिलाई बैंकमा भर्ती गरेको छ । बैंकमा दिनहुँजसो आउने विभिन्न काण्डलाई ढाकछोप गर्न सहयोग गर्ने राष्ट्र बैंककै केहि अधिकारीको पावरमा पनि केहि कर्मचारीहरु भर्ती गरिएको छ । तर भ्याकेन्सी निकालेको निकाल्यै गरेपनि बैंकले भ्याकेन्सीअनुसारको कर्मचारी भर्ती गरेको छैन ।
पछिल्लो समय महालक्ष्मी बिकास बैंक सुनकाण्डले बदनाम छ । बैंकको खराब कर्जाको ग्राफ उक्लिएको अवस्थामा बैंकको ब्राण्ड बिगार्ने काम ब्राण्डीङ विभागबाटै भएको छ । बैंकले ‘सकेको गर्नू’ भन्दै ग्राहकहरुलाई धम्क्याउन थालेपछि बैंकका एकपछि अर्को काण्ड सार्वजनिक भईरहेका छन् । बैंकका सुचना अधिकारी अनुज आचार्यले भने भ्याकेन्सी उपर कारवाही भईरहेको दाबी गर्छन् । ‘सबै कुरा बैंकको आवश्यकता अनुसार राख्ने हो । बैंकले खोजेको जस्तो मान्छे नपाए फेरी भ्याकेन्सी निकाल्नुपर्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी