
- अर्थ सरोकार सम्बाददाता
पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत थप एकजना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै पाँचथरमा कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या ६ पुगेको छ । पहिलो पटक गत साउन २४ गते बिराटनगरबाट सरुवा भएर आएका एक प्रहरीमा संक्रमण देखिएसँगै परिक्षण बढाँउदा जिल्लामा संक्रमित प्रहरीको संख्या पनि बढ्न थालेको हो । यसअघि भदौ २ गते १ जना र त्यसपछि एकैसाथ तीनजना जनपथ प्रहरीमा संक्रमण पुष्टी भएको थियो ।
यसैगरी फिदिम स्थित सशस्त्र प्रहरीको फिदिम स्थित हिमशिखर गुल्ममा एक जना सशस्त्र प्रहरी जवानमा संक्रमण देखिएको छ । हालसम्म जिल्लामा ६ सुरक्षाकर्मी सहित कुल संक्रमितको संख्या १५ पुगेको छ । जसमध्ये ८ जना निको भएर फर्केका छन् भने सकृय संक्रमितको संख्या ७ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्