×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युएई-काठमाडौंको हवाइ उडानको तालिका सार्वजनिक, पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

युएई-काठमाडौंको हवाइ उडानको तालिका सार्वजनिक, पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने

Artha Sarokar

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाली दूतावासले युएई-काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको छ । दूतावासले बुधबार सूचना जारी गर्दै ५ देखि ३० सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो । उडान नेपाल फर्किन चाहाने आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने दूतावासले जनाएको छ । युएईबाट नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा बोक्नुपर्ने भएको छ ।
नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२, २७ र २९ मा दुबईबाट उडान भर्ने भएको छ । हिमालयन एयरलाइन्सले अबुधाबीबाट सेप्टेम्बर ५, १२, १९ र २६ को उडान तालिका बनाएको छ । एयर अरेबियाले सेम्टेम्बर ६, २० र २९ मा सारजाहबाट उडान भर्ने छ भने फ्लाइ दुबईको जहाज सेप्टेम्बर ८, १५ र २२ मा दुबईबाट नेपालका लागि प्रस्थान गर्ने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी