
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । दुग्ध विकास संस्थानमा नीतिगत अनियमितता भएको पाइएको छ । उक्त संस्थाले गत बर्ष कार्तिकमा सार्वजनिक गरेको पदपुर्ती विज्ञापनमा नीतिगत अनियमितता भएको हो । संस्थाको विनियमावलि २०६३ को आठौं संसोधन २०७६ को विनियम ३३र३४ मा तीस दिनभित्र सम्भाव्य उमेदवारले मात्र अवेदन दिने व्यवस्था रहेको छ ।
सो विनियमलाई वेवास्ता गर्दै योग्यता नपुगेको उमेदवारलाईसमेत सामेल गराएर अनियमितता गरेको आरोप संस्थानलाई लागेको छ । यसो त संस्थानको विनियमावलि भन्दा माथिल्लो लोकसेवा अयोगको सामान्य सिद्दान्त २०७४ को दफा १५(१) (२) र (५) को पनि विपरित हुने गरी व्याख्या गरेको पाईएको छ ।
योग्यता नपुगेका व्यक्तिलाई नै बदुवा गरिएको र सोही कारण संस्थानको संचालक समितिमा पनिविबाद रहेको बताइएको छ । यता संस्थानकै अधिकारीक यूनियनले व्यवस्थापनलाई संस्थानको विनियमावली अनुसार चल्न आग्रह गरेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्