×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्घाखाँचीमा लम्बियो निषेधाज्ञा, व्यापारी भन्छन, ‘भोकैले मारिने भो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्घाखाँचीमा लम्बियो निषेधाज्ञा, व्यापारी भन्छन, ‘भोकैले मारिने भो’

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सन्धिखर्क। अर्घाखाँचीमा लकडाउन अवधी थप गरिएको छ । बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी) को बैठकले भदौ २४ गते राती १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए । 
बुधबार राती १२ बजेसम्मको लागि यस अघिनै लकडाउन गरिएकोमा यसलाई बढाएर २४ गते राती १२ बजे सम्म लगिएको हो । तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमित हुन लागेपछि लकडाउन थपिएको प्रशासनले जनाएको छ । 

यता, रोगले होइन अब भोकले चाहिँ मर्ने बेला भएको व्यापारीहरुले दुखेसो पोखेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी