×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ५ हजार नजिक, प्रदेशमा मृत्यु हुनेको संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ५ हजार नजिक, प्रदेशमा मृत्यु हुनेको संख्या कति ?

Artha Sarokar

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा कारोना संक्रमण निको हुनेको संख्या ५ हजार नजिक पुगेको छ । मंगलबार ६ जना डिस्चार्ज भएर घर गइसकेपछि निको हुनेको संख्या ५ हजार नजिक पुगेको हो । यस अघि ११ जना संक्रमितको मृत्यु भईसकेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
सक्रिय संक्रमितको संख्या पनि ८८४ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । सक्रिय संक्रमितमध्ये अछाममा १०२, बैतडीमा १२६, बझाङमा ८८, बाजुरामा ८, डडेल्धुरामा १९, दार्चुलामा ७, डोटीमा १२९, कैलालीमा ३८१ र कञ्चनपुरमा ५७ गरी ८८४ रहेको उनले बताए । हालसम्म पिसिआर बिधीबाट ६२ हजार ७८८ नमुना जाँच मध्ये ५६ हजार ९०८ नमुना नेगटिभ छन् भने ५ हजार ८८० फेला परेका पोजिटिभ संक्रमित छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी