×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फागुनमा अधिकांश बैंकको ब्याजदर स्थिर, ग्लोबल आइएमईले बढाउँदा लक्ष्मी सनराइजले भने घटायो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फागुनमा अधिकांश बैंकको ब्याजदर स्थिर, ग्लोबल आइएमईले बढाउँदा लक्ष्मी सनराइजले भने घटायो 

Artha Sarokar

३० माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार फागुनमा अधिकांश बैंकको ब्याजदर स्थिर छ । 

बैंकहरुको नयाँ ब्याजदरअनुसार २० वाणिज्य बैंकहरुको औसत ब्याजदर ६ प्रतिशत रहेको छ । माघ महिनामा पनि बैंकहरुको ब्याजदर औसतमा ६ प्रतिशत नै थियो । 

फागुनमा २० मध्ये १८ वाणिज्य बैंकहरुले माग महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । अर्थात, फागुनमा १८ वाणिज्य बैंकहरुको ब्याजदरमा कुनै फेरबदल गरिएको छैन । तर, दुईवटा वाणिज्य बैंकले भने फागुनमा ब्याजदरमा फेरबदल गरेका छन् । 

जसमध्ये ग्लोबल आइएमई बैंकले फागुनमा निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले बढाएको छ भने लक्ष्मी सनराइज बैंकले ०.२५ बिन्दुले घटाएको छ । योसँगै दुवै बैंकले फागुनमा क्रमशः ६ प्रतिशत र ५.५० प्रतिशत ब्याजदर कायम गरेका छन् । माघमा ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंकको ब्याजदर ५.७५ प्रतिशत रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी