Skip to content
LAXMI SUNRISE BANK

मोरङमा केही खुकुलो प्रावधानसहित निषेधाज्ञा थप, भदौ २२ गतेसम्मका लागि निषेधाज्ञा जारी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । मोरङमा २२ भदौसम्मका लागि निषेधाज्ञा थप भएको छ । जिल्ला सुरक्षा समितिमोरङको बैठकले २२ भदौ राति १२ सम्म निषेधाज्ञा थप गरेको हो । अत्यावश्यक सेवा व्यावसाय अपरान्ह्र ४ बजेसम्म सञ्चालन गर्न पाउने छन् । मंगलवार थप गरिएको निषेधाज्ञा अनुसार २२ भदौ मध्य रातिसम्म आलोपालो गरेर निजी सवारीसाधान सञ्लान हुन पाउने छन ।
यसैगरी होटल रेष्टुरेन्टहरुले होम डेलिभरि सेवा पनि सञ्चालन गर्न सक्ने छन । तर जिम क्लब, सैलुन, ब्युटीपार्लर, हाटबजार, कभर्ड हल भने बन्द नै रहनेछन । मन्दिर, मस्जिद र गिर्जाहरुमा समाजिक दुरी कामय गरेर प्रार्थना गर्न पाउने छन । तर उत्सव, जात्रा आदि आयोजना गर्न भने पाइने छैन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK