×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युरोडस्थित कुमार गुरुङको गोदाममा आगलागी, १५ लाख बराबरको क्षति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

न्युरोडस्थित कुमार गुरुङको गोदाममा आगलागी, १५ लाख बराबरको क्षति

Artha Sarokar

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ताप्लेजुङ । फुङलिङ नगरपालिका-४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति करीब २ः०० बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब  १५ लाखको क्षति भएको गुरुङले जानकारी दिनुभयो ।
बिजुली जडान नगरिएको निर्माणाधीन पक्की भवनमा रहेको गोदाममा कसरी आगलागी भयो भन्ने खुलेको छैन । आगलागी नियन्त्रणका लागि नगरपालिकाको दमकल र प्रहरीको टोली पुगेको थियो । आगो लागेको निकै समयपछि मात्र थाहा भएकाले कुनै पनि सामान निकाल्न नपाइएको गुरुङले बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी