×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको सिइओका लागि दरखास्त आह्वान, ‘तलब तोके अनुसार, कमिसन मागे अनुसार !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्सेको सिइओका लागि दरखास्त आह्वान, ‘तलब तोके अनुसार, कमिसन मागे अनुसार !’

Artha Sarokar

१२ फाल्गुन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रिक्त रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिइओ पदका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार एक सूचना जारी गर्दै सिइओ नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । दरखास्त धितोपत्र बजार नियमावली २०६४ को नियम १६ को (क) बमोजिम आह्वान गरिएको समितिले जनाएको छ । 

नेप्सेको सिइओ बन्न चाहने उम्मेदवारको योग्यता अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । 

त्यस्तै, पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा कम्तिमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । 

नेप्सेको सिइओका लागि उम्मेदवारी दिँदा आवेदनसहित दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ । आवेदन दस्तुर ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । सो रकम राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा बुझाएको भौचर पनि आवेदनसँगै पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

नेप्सेका तत्कालीन सिइओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गते सकिएसँगै नेप्से सिइओविहीन छ । यता नेप्सेको सिइओका लागि दरखास्त आह्वान गरिएसँगै बजारमा कमिसनको चर्चा पनि सुरु भएको छ । ‘आज दरखास्त आह्वान भयो, ठिकै भयो ।’, नेप्सेकै एक कर्मचारीले भने, ‘सूचनामा पारिश्रमिक तोके अनुसार भनिएको छ तर सिइओ बन्न कमिसन मागे अनुसार हुनेवाला छ । यस्तो छ सूचना:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी