×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना भए ‘डिस्चार्ज’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्णाली प्रदेशमामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना भए ‘डिस्चार्ज’

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ  सरोकार सम्बाददाता 
सुर्खेत । पछिल्लो २४ घण्टामा  कर्णाली प्रदेशमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा मंगलबार १४ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्ट अनुसार सुर्खेतमा ११ जना, जुम्लाका दुइ जना र दैलेखका एक जनामा संक्रमण देखिएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २४५६ पुगेको छ ।
यस्तै, कर्णालीमा मंगलबार थप ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २११९ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३३१ जना आइसोलेसनमा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी