×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ३.३५ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७५८.७५ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोमबार ३.३५ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७५८.७५ बिन्दुमा

Artha Sarokar

१२ फाल्गुन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ११ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।  यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी