×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार मृत्यु भएका धरानका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार मृत्यु भएका धरानका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

धरान । सोमबार मृत्यु भएका धरान ११ का ६० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । निमोनियाले मृत्यु भएपछि उनको मंगलबार गरिएको पीसीआर रिपोर्टमा कोरोना पुष्टी भएको धरानका मेयर तिलक राईले बताएका छन् । 

निमोनियाका कारण वृद्धको मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । उनलाई ज्वरो र निमोनिया भएको थियो । योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी