काठमाडौँ । नेपाल राष्ट्र बैंकले ८ प्रतिशतसम्म खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा राख्ने जनाएको हो ।
जसमध्ये वाणिज्य बैंकमा ३ अर्ब २० करोड ६५ लाख, विकास बैंकमा ६० करोड ११ लाख र वित्त कम्पनीमा २० करोड ३ लाख मुद्दती निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशतभन्दा कम हुनुपर्ने र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसअघि राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने गरेको थिएन ।
त्यस्तै, निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालन भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ । यसका अलावा राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा÷निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्