×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL

कोरोनाबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित ७० वर्षीय चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।
उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी