×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा स्वर्णिम वाग्लेको आपत्ति, भने- ‘कसको प्रभावमा नियुक्त गरिएको हो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा स्वर्णिम वाग्लेको आपत्ति, भने- ‘कसको प्रभावमा नियुक्त गरिएको हो ?

Artha Sarokar

२१ फाल्गुन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक संस्थाहरु कब्जा गर्न खोजेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई अस्वीकार गर्दै यस्तो बताएका हुन् । 

वाग्लेले सरकारले अहिले अध्यादेश ल्याएर आर्थिक संस्थाहरु कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

सांसद वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । उनले वाइडबडमा ५५ मिलियन अमेरिकी रकम खाएको अमेरिकाको जस्टिस डिपार्टमेन्टले प्रमाणित गरेर दुनियाँले देख्ने गरेर वेबसाइटमा राखेको भएपनि कारबाही प्रक्रिया अगाडि नबढाएको उल्लेख गरेका छन् । 

त्यस्तै, उनले अदालत समेत दलीय छायाँमा परेको भन्दै संवैधानिक निकायमा समेत भागबण्डा गर्दा मुलुकले थप संकटको सामना गर्नुपर्नेको दाबी गरेका छन् । त्यस्तै, वाग्लेले नेपाल धितोपत्र बोर्डको अध्यक्ष कसको प्रभावमा नियुक्ति गरिएको हो भन्दै प्रश्नसमेत गरेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी