×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा झनै बढ्यो जोखिम, थप एक साता निषेधाज्ञा थप्ने तयारी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

उपत्यकामा झनै बढ्यो जोखिम, थप एक साता निषेधाज्ञा थप्ने तयारी !

Artha Sarokar

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँ उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप्ने तयारी भएको छ । कोरोना भाइरसको संक्रमण बढिरहेकाले पुनः एक हप्ता निषेधाज्ञा जारी हुने स्रोतले जानकारी दिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बुधबार बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने बताए । उनले कोरोना संक्रमणको जोखिम झन् बढिरहेको र अहिलेको अन्य विकल्प नभएकाले निषेधाज्ञा थप्न सकिने संकेत गरेका छन् । काठमाडौँ, भक्तपुर, ललितपुरका सिडिओ र सुरक्षा निकायका प्रमुख, स्वास्थ्यविज्ञसहिहतको बैठकले कडाउनबारे थप निर्णय गर्नेछ ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात यता निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञाको आज १३ दिन पुगेको छ । दोस्रो चरणको  निषेधाज्ञा भोलि बुधबार राति १२ बजेदेखि सकिँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी