×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट चितवनमा ५८ वर्षीय पुरूषको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाबाट चितवनमा ५८ वर्षीय पुरूषको मृत्यु

Artha Sarokar

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन
  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनको चितवन मेडिकल कलेजमा ५८ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।
कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबार (हिजो) मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
चितवनमा कोरोनाबाट संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ । मृत्यु हुनेमा चितवनका ९ र मकवानपुरका ४ जना छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी