×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिकोण बेभरेज पानी उद्योग सरकारी सिल तोडेर सञ्चालनमा, खुलेआम पानी बिक्री गर्दै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

त्रिकोण बेभरेज पानी उद्योग सरकारी सिल तोडेर सञ्चालनमा, खुलेआम पानी बिक्री गर्दै

Artha Sarokar

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ६ महिनाअघि सरकारले सिल गरिएको पानी उद्योगबाट निरन्तर उत्पादन र बिक्री भइरहेको  खुलेको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको त्रिकोण बेभरेज पानी उद्योग सरकारी सिल तोडेर सञ्चालनमा आएको हो । पानी प्रशोधन र जारको गुणस्तरमा कैफियत देखिएपछि विभागले गत फागुनमा कम्पनीको आक्वा ९९ नामको पानी बिक्रीमा रोक लगाएको थियो । 
सोमबार काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा उद्योगले सिल नखुल्दै नी उत्पादन र बिक्रि गरिरहेको पाइएको हो । उद्योगका सञ्चालक सुरेन्द्र श्रेष्ठले अनुगमन समितिसँग अनुमति लिएरै उद्योग सञ्चालन गरेको दाबी गरेपनि कागज पत्र भने देखाउन नसकेको महानगरले जनाएको छ ।उद्योग तत्कालका लागि बन्द गर्न निर्देशन दिएर उद्योगीलाई कागज पत्रसहित महानगरमा हाजिर हुन अनुगमन समितिले निर्देशन दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी