Skip to content
LAXMI SUNRISE BANK

भारतमा एकै दिन अहिलेसम्मकै धेरै साढे ७८ हजारमा कोरोना संक्रमण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भारतमा हालसम्मकै बढी संख्यामा कोरोना पुष्टी भएको छ । गएको २४ घण्टामा त्यहाँ ७८ हजार ५१२ मा कोरोना देखिएको बताइएको छ । आइतबार मात्र भारतमा ७८ हजार ४ सय ७२ मा कोरोना पुष्टी भएको थियो । गएको २४ घण्टामा भारतमा ९७१ को मृत्यु भएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६४ हजार ४६९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म भारतमा ३६ लाख २१ हजार २४६ मा कोरोना पुष्टी भइसकेको छ । संक्रमितमध्ये २७ लाख २४ हजार उपचारपछि घर फर्किएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK