×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाकाली अस्पतालमा आइसियु सेवा शुरु, एम्बुलेन्स सेवाको पनि शुभारम्भ

PRIME CA

महाकाली अस्पतालमा आइसियु सेवा शुरु, एम्बुलेन्स सेवाको पनि शुभारम्भ

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

कञ्चनपुरकञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा सघन उपचार कक्ष ‘आइसियु’ सेवा शुरु भएको छ । प्रतिनिधिसभाअन्र्तगत महिला तथा सामाजिक समितिका सभापति निरु पालले सोमबार सो सेवाको उद्घाटन गर्दै नागरिक स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । “केही महिनाभित्रै देखिने गरी अस्पतालको सेवामा सुधार ल्याउनु पर्दछ”, उहाँले भन्नुभयो– “यो अस्पताल अब रिफर अस्पताल रहनु हुँदैन ।” अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहमा यहाँका जनप्रतिनिधि र राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा उहाँले थाइराइड मेसिन र आधुनिक एम्बुलेन्स सेवाको पनि शुभारम्भ गर्नुभयो । 
महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.हरिकुमार श्रेष्ठले हाल ६ शय्याको आइसीयु सेवा सञ्चालनमा आएको जानकारी दिदैं निकट भविष्यमा दश शय्याको पुर्याइने बताउनुभयो । उहाँले विगत एक महिनामा ४३ जना बिरामी आइसीयु उपचारपछि निको भएर घर फर्किएको जानकारी दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताललाई प्रविधियुक्त बनाउनुपर्ने अहिलको आवश्यकतालाई ध्यानमा राखेर सोही अनुरुप कार्य भइरहेको बताउनुभयो । “अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहका लागि सबैको सहयोग र समन्वय आवश्यक छ”, उहाँले भन्नुभयो “आइसीयु सञ्चालनले बिरामीलाई धेरै सहज हुनेछ ।”
भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले अस्पतालको विकास र सुधारका लागि नगरपालिकाले अस्पतालसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । “अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन हाडजोर्नी र स्त्रीरोग विशेषज्ञ चिकित्सक ल्याउन पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “चिकित्सकको व्यवस्थापनका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्न नगरपालिका तयार छ ।” कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ्ग, प्रदेशसभा सदस्यद्वय प्रकाश रावल र मानबहादुर सुनारलगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । –रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: