×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिवर्टी इनर्जीको आइपीओ बाँडफाँट, २५ हजार ६२० जनाले पाए ४० कित्ता सेयर, अरुले कति पाए ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लिवर्टी इनर्जीको आइपीओ बाँडफाँट, २५ हजार ६२० जनाले पाए ४० कित्ता सेयर, अरुले कति पाए ?

Artha Sarokar

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले उक्त कम्पनीको आइपीओ बाँडफाँट भएको जनाएको हो । कम्पनीको आइपीओमा १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो । जसमा १२६ वटा आवेदन रद्द भएको छ । उक्त आवेदन रद्द भएकाले १ लाख ८८ हजार ३७३ आवेदकलाई मात्र सेयर बाँडफाँट गरिएको हो । 
आइपिओ बाँडफाँटमा सबैभन्दा धेरै २५ हजार ६२० जनाले ४० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यस्तै, ४८ हजार २२१ आवेदकले ३० कित्ता, ४५ हजार ४८ जनाले २० र ९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन् ।
कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी