×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डोटीमा एक साताका लागि निषेधाज्ञा जारी, अत्यावश्यक बाहेक सबै सेवा बन्द

PRIME CA

डोटीमा एक साताका लागि निषेधाज्ञा जारी, अत्यावश्यक बाहेक सबै सेवा बन्द

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । 
हिजो बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको र सोही अनुरुप निषेधाज्ञा जारी भएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ। -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: