Skip to content
LAXMI SUNRISE BANK

कावासोती नगरले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने अवधी थप गर्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
नवलपुर । कावासोती नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने अवधी थप गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले १९ भदौसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए ।
स्वास्थ्य सेवाबाहेक पालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द गर्ने समितिको निर्णय छ । पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण होटल, रेष्टुरेण्ट, पर्यटन व्यावसाय, बैंक तथा वित्तीय संस्था र सहकारीहरूको हकमा एटीएमबाहेकका सबै सेवा बन्द हुने भएको छ । खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी तथा वितरण विहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म गर्न पाइने समितिले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK